Join MultiplyOpen a Free ShopSign InHelp
MultiplyLogo
SEARCH

दुबई-नेपाल जनकल्याण राहत प्रतिष्ठान

खेमनाथ पौडेल, यूएई  - "उभो उभो लाग्यो भेडीको बथान उधो उधो लाग्यो चौरी गाई हामीलाई पनी लैजाउन घुम्न दुवई तिर ए तामाङ दाई …"। तामाङ गीत संगीतका पृथक जोडी मानिनॆ एकै उमेरका हँसिला र रसिला तुलसा वाईवा र इन्दिरा योन्जनले युएईको तामाङ ल्होसारको निहुँ पारेर आफ्नों मनको बह पोखे । गुलाबी रंगको तामाङ महिलाहरुको श्रृङगारमा सजिएर दुई महिला जोडी स्टेजमा आएर खुल्ला निम्तो दिँदा युएईका दर्शकपनि के कम श्रोता कक्षबाटै हात उठाउँदै "म लान्छु है दुबई घुमाउनु भन्दै चिच्याए ।" युगल आवाजको अर्को सेलो चन्द्रमा जस्तो रुपैले मोहनी लागेछ लौ हेर च्याङवाले बोलायो मैच्याङ भन्ने अर्को गीतमा दर्शकहरु अझै बढी झूमेका थिए । तामाङ गीत संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यी राष्ट्यि स्तरका कलाकारहरुका साथमा यूएईमा रहेका स्थानिय कलाकारहरु ज्ञान लामा लक्ष्मी तामाङ वले तामाङ लाले तामाङ तथा अन्य कलाकारहरुलेपनि धोको फुकाएर गाए ।

तामाङ भेषभुषामा सजिएका यूवा गायक आसुसेन लामाले कार्यक्रमको पहिलो सन्ध्यामानै चर्चित तामाङ सेलोका गितहरु गाए । उनको नयाँ एल्वम ढुङ्गामा है ढुङ्गामा लामाको अक्षर ढुङ्गामा चोखो मायाँ साटौलाहै दिएर फुलको थुङ्गामा मैच्याङको हात माग्न स्वयम्भुको गुम्वामा जाने कुरा गितको बोलबाट
गर्दै थिए भने दर्शकहरु उनको तालमा लय थप्दै थिए । सम्झेर ल्याउदा कुटुक्क कलेजी छेउ खान्छ तानतुन गर्दै तुनेको छु माझी दाईले जाल बुन्छ जन्मेको ठाउँ हुर्केको गाऊँ सम्झेर ल्याउदा मन रुन्छ उनको यो देशप्रेमी गितले प्रवासीएका नेपालीहरुको मन कटक्क खाएको थियो । ताली र वाहा वाहाले हल गुन्जयमान भएको थियो । उनी गितको भाकामा हलमा उपस्थित आसाङलाई छेड हान्दै थिए र गितको बोलमा भन्दै थिए लाएको यो मायाँ एक तर्फी रहेछ । हो मेरो मायाँ एकोहोरो भएछ । उनलॆ साईला दाई अनि अन्य चर्चित गित गाएर दर्शकहरुलाई मनोराजन दिए । तामाङ महिलाहरुको श्रृङगारमा सजिएर डम्फु बजाउदै तृत्यगर्दै थिईन् लक्ष्मी तामाङ । यूएईका तामाङ सेलोका गायक ज्ञान लामाको तामाङ सेलोमा दर्शकहरु कम्मर मर्काई मर्काई नाचे उनको तामाङ भाषाको गितको बोलमा सबैको आँखा अगाडी

बसेकी ५०-५५ बर्षकी लाग्ने विदेशी महिलाकोमा पर्न गयो । तामाङ भेष भुषामा सजिएकी उनी जुरुक्क उठिन् अनि नाच्न थालिन् । उनलाई साथ दिए दर्शकले । उनि थिईन तामाङ कला सस्कृतिमा खोजमुलक गर्दै पिएचडी गरेकी अमेरिका का क्याथ म्याथ । उनी कार्यक्रमकी

मुख्य सोभा र आकर्षण समेत थिइन । डिजे फरेको रिमिक्स म्यूजिकको तालमा ज्यानको लागि ल्याएको रेशमी साडी परे आजै लाने हो आउनु ठिक्क परी घुमौला सरर मेलैमा चढी रेलैमा ॥ रिमिक्स गितमा दर्शकहरु गोलवद्ध गरी नाचे ।रोज मुक्तानले हिउ पर्यो खुरुरु माथी माथी भेकमा तिमीलाई लिन म आउछु चौरी चर्ने लेकमा हे नाना र रिमिक्स गित तिम्रो घर चाचरी त्यही पर होईन र तिमीलाई मैले चिनेको छैन र उक्त गितमा दर्शकहरु नाच्दा हल थर्किएको थियो उनको गितमा डा। क्याथ पनी उप्रुी उप्रुी नाचेकी थिईन् । उनले चर्चित कलकत्ते काईलो मिुम्काईदेउ परेली मनमा बस्छ मिठो मुरली रातो रातो गाला सारैनै राम्री जस्ता गीत गाएका थिए ।

तामाङ भाषाको राष्ट्यि गितमा बले तामाङ र लाले तामाङको यूगल जोडीको नाचबाट पर्दा उघारिएको तामाङ समाजको ल्होछार २८४७ औं कार्यक्रममा आमन्त्रीत कलाकार तथा स्थानीय कलाकारको वेजोड प्रस्तुतिमा दर्शकहरु रमाए नाचे अनि झुमे ।

तामाङ समाज यूएईले गत शुक्रवार वर दुवई स्थित अस्टोरीया होटलमा २८४७ लौ ल्होसार पर्व भब्यताका साथ मनायो । कार्यक्रमको सभापतित्व उक्त समाजका अध्यक्ष छत्र लामाले गरेका थिए भने कार्यक्रमको सम्योजक राम मोक्तान र सह सम्योजक रविन थिङ थिए । कार्यक्रमको आकर्षक यूएसएकी डा। क्याथ मार्थ थिईन् । विदेशी नागरीक भएर पनि अझै जनजातीहरुमध्ये तामाङ जातीहरुको बारेमा जन्म कुण्डलीनै केलाएकी उनले तामाङको रहन सहन भेषभुषा आदीको बारेमा खोजमुलक विषयमा पिएचडी गरेकी उनले आधा घण्टा लामो पि्रजन्टेसन सो देखाएकी थिईन् । मीठो नेपाली अनी तामाङ भाषा बोल्न र बुझ्न सक्ने डा। क्याथले तपाईहरुले आफ्नो सस्कृति जोगाई राख्नुहोस् कता कता मलाई तपाइहरुले आफ्नो चाड पर्व सस्कृती भुल्दै गएको आभाष भएको छ । दुवईमा यति राम्रो सास्कृतिक कार्यक्रम गर्नु आफैमा गर्भको कुरा हो । उनको आधा घण्टाको स्लाईड सोले तामाङ जातीको उत्थान विकास र सरक्षणमा जोड दिएको थियो ।



कार्यक्रमका सभापति छत्र लामाले तामाङ समाज गठन गरेदेखी आज सम्मका कृयाकलापहरुको बारेमा लेखाजोखा गरेका थिए । साथै उनले मनमुटाव भएका तामाङहरुलाई अझैपनि एकै ठाउँमा आउन आग्रह गरे ।

स्वागत मन्तब्य दिनेक्रममा कार्यकारीणी अध्यक्ष महेश मोक्तानले अब ल्होछार कार्यक्रम सास्कृतिक कार्यक्रमलाई मात्र नमानी पछिल्लो समयमा देशको राजनीतिक आन्दोलनको पाटोकै रुपमा मनाउदै जाने बताए । बैदेशिक रोजगारका भु।पु अध्यक्ष तथा ब्यवसायी दान बहादुर तामाङले ल्होछार पर्वका साथै देशको अहिलेको राजनीतिक अवस्था र वैदेशिक रोजगारको बारेमा गहकिलो तर्क दिएका थिए । प्रमुख अिितथि नेपाली दूतावास यूएईका नियोग उप प्रमुख दिपक अधिकारीले ल्होछारको पर्वमा सम्पूर्ण तामाङ जातीहरुलाई शुभकामना दिए ।

कार्यक्रममा एनआरएन आईुसीसीका कोषाध्यक्ष रामोश्वर शाह एनआरएन एनसीसीका अध्यक्ष चुणामणी ढकाल नेपाली समाजका भुपू अध्यक्ष तथा समाजसेवी चन्द्र प्रसाद सापकोटा तथा यम तमू नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल जनजाती महासँघका अध्यक्ष भुवन राई तथा अन्य संघ सस्थाका प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रम दिनको ४ बजे सुरु हुने भनिएता पनि २ घण्टा ढिलो ६ बजे मात्र शुरु भएको थियो ।
प्रायजसो ल्होछारको कार्यक्रम हाउसफूल हुने गर्दथ्यो यसपाली अर्को ठाउँमा पनि ल्होछार कार्यक्रमनै भएको हुनाले दर्शकहरुको कमि देखिन्थ्यो भने स्थानीय पत्रकारहरुलाई समेत वास्ता गरिएको थिएन । रविन थिङ तथा कर्मा लहमुको कार्यक्रम साचालन प्रशंसनिय थियो भने कार्यक्रमको बिच बिचमा रिमिक्स गित र संगितले डिजे फरे राम्ररी जमेका थिए ।


Add a Comment
   

dubai

dnjrahatkosh@yahoo.com ००९७१०५५०९०८०९